Logo

बाँकेको बैजनाथ गाउँपालिकामा एमाले विजयी



खजुरा, बाँके । बैजनाथ गाउँपालिकामा एमाले विजयी भएको छ । प्रमुख पदमा मानबहादुर रुचालले ८ हजार ४०८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिलबहादुर खत्रीले ५ हजार ९४४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी शारदा रेग्मी विक ८ हजार ३६४ मत ल्याई विजयी भइन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भावना चौधरीले छ हजार ६२८ मत प्राप्त गरेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्