६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्मरीमाईमा लोकतान्त्रिक फोरम विजयी



लुम्बिनी । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये लोकतान्त्रिकको यो पहिलो जित हो । सम्मरीमाईमा लोकतान्त्रिक फोरमका जीतेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याए । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका अजय शुक्लाले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

उपाध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसकी कुमारी प्रियंका शाही सिंहले दुई हजार ८१६ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी कमलावती अहिरले दुई हजार १५० मत ल्याएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००