काठमाडौँ । प्रदेश नं १, ५ र ७ मा असार १४ गते भएको निर्वाचनको हालसम्म २४ जिल्लामा २७७ स्थानीय तहको मतगणना सकिएको छ ।निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार एमालेले १२१, काँग्रेसले १०५ माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले ६, नेपाल लोकतान्त्रिक फोरमले ५, राप्रपाले ३, राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले एक स्थानमा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार २७८ स्थानीयतहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भइसकेको औपचारिक रुपमा जानकारी आएको हो ।
निर्वाचन आयोगका अनुसार अब ११ जिल्लाका ५६ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ । ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन यही असार १४ गते भएको थियो । पछिल्लो पटक कञ्चनपुर, उदयपुर, सुनसरी, मोरङ र झापाका एक/एक स्थानीय तहमा मतगणनाको क्रममा मत सङ्ख्या फरक परेका कारण मतगणना स्थगित गरेको केन्द्रले जनाएको छ ।
अरू स्थानीय तहमा भने धमाधम मतगणना भइरहेको छ । पछिल्लो चरणमा जस्तै दोस्रो चरणको निर्वाचनमा अधिकांश स्थानमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । रासस
प्रतिक्रिया