३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको बबईमा एमाले विजयी



तुलसीपुर (दाङ) । दाङको बबई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भुवनेश्वर पौडेल चार हजार २७१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुलबहादुर केसीले तीन हजार ९५९ मत प्राप्त गरे ।

त्यसैगरी, उपाध्यक्षमा एमालेकै सावित्रा विश्वकर्माले चार हजार ४१० मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवकुमारी केसीले तीन हजार ९३५ मत ल्याएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी दिए ।

सोह्र हजार ८७ मतदाता रहेको बबई गाउँपालिकामा ११ हजार ९०८ मत खसेको थियो । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००