१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी



लुम्बिनी । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे यादवले दुई हजार २५२ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा तारादेवी यादवले दुई हजार २१३ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले दुई हजार १६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रुद्र पन्थीले जानकारी दिए ।

कुल २० हजार ८८६ मतदाता रहेको सो गाउँपालिकामा १६ हजार ८९७ मत खसेको थियो । तीमध्ये करिब १५ प्रतिशत मद बदर भएको निर्वाचन अधिकृत पन्थीले बताए । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००