१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिकामा सौर्य बत्ती जडान



बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिकाको विभिन्न सार्वजनिक स्थलमा सडक सौर्य बत्ती जडान गरिएको छ । बेनी नगरपालिका कार्यालय मार्फत मङ्गलाघाट, बेनी, गलेश्वर र अर्थुङ्गेमा ३८ वटा सडक सौर्यबत्ती जडान भएको हो ।

गलेश्वरमा १०, अर्थुङ्गेमा चार, मङ्गलाघाटमा १३ र बजार क्षेत्रमा ११ वटा सोलार बत्ती जडान गरिएको बेनी नगरपालिका कार्यालयका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिए । केन्द्रीय अनुदान, नगरपालिका र उपभोक्ताको रु ३८ लाख ४० हजार लगानीमा सडक सौर्यबत्ती जडान गरिएको हो ।

गतवर्ष बेनीमा १८ वटा सडक सौर्यबत्ती जडान भएको थियो । सौर्य ऊर्जाको सहायताले रातको समयमा स्वचालित रुपमा बल्ने बत्ती जडान गरिएको इन्जिनियर कार्कीले बताए । सडक छेउमा ठड्याइएको फलामको पोलमा राखिएको एक सय वाटको सोलार प्यानल र १२ भोल्टको ब्याट्रीबाट २० वाटको बत्ती बाल्ने गरिएको छ ।

बजारको सुरक्षा र सर्वसाधारणको सुविधाका लागि सोलार बत्ती जडान भएपछि रातको समयमा सार्वजनिकस्थल उज्यालो बनेका छन् । रातको समयमा हुने चोरी, तोडफोड, झैझगडा नियन्त्रणमा सघाउ पुग्नुका साथै सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको गलेश्वर बजार विकास संस्थाका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००