२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीको मोहन्याल गाउँपालिकाकामा एमाले विजयी



धनगढी । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका नवलसिं रावलले एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढाले दुई हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रत्यासी हुन् । भौगोलिक रुपमा बिकट उक्त क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण निर्वाचनसम्बन्धी विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी १ का वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी र वडा नं १८का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी भएका छन् । यस्तै वडा नं १९ का वडाध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी भएका छन् ।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा कांग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहेका छन् । एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटाले तीन हजार ५७८ मतले पछ्याइरहेकी छन् । कैलालीको लम्की चुहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन् । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००