१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुदूधकुण्ड नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले



सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन् भने उपप्रमुखमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भएकी छन् ।

गए राति अबेर सम्पन्न मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले दुई हजार ७५१ मत प्राप्त गरेर विजय प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आङ इगेले झलक शेर्पाले दुई हजार ६०१ मत प्राप्त गरे ।

यस्तै उपप्रमुख पदमा नेकपा एमालेका कल्पना राईले दुई हजार ७६० मत प्राप्त गरेर विजय प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार छिन्डिल्हामु शेर्पाले दुई हजार ७१७ मत प्राप्त गरिन् ।

नगरपालिकाको वडास्तरमा पनि कांग्रेस र एमालेको मिश्रित नतिजा प्राप्त भएको छ । नगरपालिका १, २, ४ र ९ मा नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ भने वडा नम्बर ६, ७, ८ र १० मा एमालेको प्यानल नै विजय भएको छ । वडा नम्बर ३ र ५ मा भने अध्यक्ष पदमा एमाले र बाँकी सदस्य पदमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००