इलाम । चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदीपचन्द्र राई विजयी भएका छन् । राईले तीनहजार ४९३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले तीन हजार १४९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकै निर्मला दाहाल तीन हजार ३६४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लक्ष्मी मिश्रले दुई हजार ३९५ मत प्राप्त गरिन् ।
चुलाचुली १ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ण लावती प्यानलसहित विजयी भएका छन् । वडा नं २ मा एमालेका रणबहादुर लिम्बू, वडा नं ३ मा नेपाली कांग्रेसका रणबहादुर लावती प्यानलसहित विजयी भएका छन् ।
चुलाचुली वडा नं ४ मा एमालेका कालीदास भट्टराई प्यानलसहित विजयी भएका छन् भने वडा नं ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नं ६ मा एमालेकै हेमन्त राईको प्यानल विजयी भएको छ । रासस
प्रतिक्रिया