इलाम । इलामको सूर्योदय नगरपालिकाको वडा नं. २ र ३ मा नेकपा एमाले विजयी भएका छन् । वडा नं. २ को ध्यक्षमा एमालेका चन्द्रकुमार सुब्बाले ७ सय ५० मत र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रमोद राईले ५ सय ६२ मत प्राप्त गरेका छन् ।
सदस्यहरूमध्ये महिला सदस्यमा ज्याजिमा तामाङ ८ सय, दलित महिला सदस्यमा सावित्रा शिवा ८ सय २५, खुल्ला सदस्यमा लोकबहादुर घिमिरे ७ सय ८५ र सचेन राई ७ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा एमालेकै होमबहादुर कार्कीले ९ सय ७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका छिञ्जुला लामाले ४ सय ३१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै वडा सदस्यमध्ये महिला सदस्यमा डालीमाया कार्की ९ सय ७७, दलित महिला सदस्यमा तृष्णा लोहार ९ सय ६९ र खुल्ला सदस्यमा लोकनाथ नेपाल ९ सय ३८ तथा सुरेन्द्र गोले ९ सय ६ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरू सबै एमालेका उम्मेदवार हुन् । रासस
प्रतिक्रिया