७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिकेदार गाउँपालिकामा कांग्रेसको जित



डोटी । बडिकेदार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित अधिकांशमा नेपाली कांग्रेसले कब्जा जमाएको छ । अध्यक्षमा कांग्रेसका कृष्णबहादुर चन्द दुई हजार तीन सय २१ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भक्तबहादुर साउदले दुई हजार आठ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै इन्द्रादेवी भाट बोहरा दुई हजार दुई सय २५ मत ल्याई विजय हासिल गरेकी छन् भने उनको निकटतम प्रतिस्पर्धी एमालेका भुवन बम मल्लले दुई हजार २८ मत प्राप्त गरेका छन् ।

अन्तिम नतिजामा कांग्रेसले गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा समूह नै जितेको छ । जसमा १ मा डम्बर बोहरा, ४ मा वीरेन्द्र कोटकेनी र ५ मा बुद्धिसागर बिनाडीको विजयी भएका छन् ।

यस्तै एमाललेका रामबहादुर नाम्जालीको समूहले वडा नं २ र लीलाधर सापकोटाको समूहले वडा नं ३ मा कब्जा जमाएका छन् ।

यसअघि सम्पन्न मतगणनामा केआइसिंह गाउँपालिकामा कांग्रेसका लोकेन्द्रबहादुर शाहीको समूहले जित निकालेको थियो भने बोगटान गाउँपालिकामा माओवादी केन्द्रका कमलबहादुर गडसिलाले अध्यक्ष र एमालेका भगवती बमले उपाध्यक्षमा जित निकालेका छन् ।

नौ स्थानीय तह रहेको डोटीमा तीन तहको अन्तिम परिमाण आउँदा छ तहमा मतगणना जारी छ । सोअनुसार कांग्रेस चार तहमा र एमाले दुई तहमा अगाडि छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००