५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी



सल्लेरी (सोलुखुम्बु) । लिखुपिके र महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । लिखुपिके गाउँपालिका अध्यक्षमा डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० तथा नेकपा एमालेका पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ८२८ तथा एमाले उम्मेदवारले ५९६ मत प्राप्त गरेका छन् । पाँचवटा वडा रहेको सो गाउँपालिका कांग्रेस र माओवादी केन्द्रले दुई–दुई तथा एमालेले एउटा वडामा जित हासिल गरेको छ ।

यस्तै महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती एक हजार ४०३ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भलाकाजी कुलुङले एक हजार ३८३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी विपना कुलुङ विजयी भइन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००