२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैवाखोला गाउँपालिकामा एमालेकाे समूह विजयी



ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेकपा एमालेको पुरै समूह विजयी भएको छ ।

अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९५१ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुजाता लिम्बुले एक हजार ८४ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकाको ६ वटै वडामा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बु, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बु, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बु र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी भएका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००