इलाम । स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।
सो वडाको मतगणनाको नतिजाअनुसार नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरेका छन् ।
सो वडाको महिला सदस्यमा नेपाली कांग्रेसकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी भएका छन् ।
सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी
इलामको सन्दकपुर गाउँपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नन्दकुमार राई विजयी भएका छन् । राईले ३८० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाएका छन् ।
यसैगरी, खुल्ला सदस्यमा नेकपा एमालेका तेजबहादुर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ विजयी भएका छन् । सोही वडाका दलित महिला सदस्यमा एमालेकी दिलमाया विक र सदस्य पदमा माओवादी केन्द्रबाट सिद्धार्थ राई विजयी भएका छन् । रासस
प्रतिक्रिया