६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुविके गाउँपालिकामा माओवादी केन्द्र विजयी



सोलुखुम्ब । जिलाको लिखुविके गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । अध्यक्षमा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी भएकी छन् ।

अध्यक्षका निकटम् प्रतिद्वन्दीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा मिना कार्कीले ८२८ मत प्राप्त गरेका छन् । पाँचवटा वडा रहेको उक्त गाउँपालिकामा १ र ५ मा कांग्रेस २ र ३ माओवादी केन्द्र र ४ मा एमालेको प्यालनै विजयी भएका छन् ।

राजपुर– २ मा माओवादी केन्द्र विजयी

राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । शर्मा ५३८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यसैगरी महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००