१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको प्यानलै विजयी



डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १ र गन्यापधुरा गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् ।

अमरगढी नगरपालिका वडा नं १ बाट कांग्रेसका लोकबहादुर ऐर प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

यसैगरी डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नं १ मा कांग्रेसकै चेतराज भट्ट प्यानलसहित विजयी भएका छन् । डडेल्धुरामा रहेका सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । हालसम्म चार स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने दुई तहमा एमाले र एकमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

डोटी । शिखर नगरपालिका– १ मा वडाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा खड्कबहादुर शाही ६३३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याएका छन् ।

सो वडामा एक हजार ४०५ मत खसेको थियो । नगरपालिका प्रमुखमा कांग्रेसका सीताराम जोशीले ६१९ मत प्राप्त गरेका छन् भने भने उपप्रमुखमा कांग्रेसकी धौलीदेवी रावलले ६३६ मत प्राप्त गरेकी छन् । एमालेबाट प्रमुखमा शेरबहादुर मल्लको ४५१ र उपप्रमुखमा राधिका बोहराको ४०६ मत छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००