१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं जिल्ला समन्वय सभाको पहिलो बैठक सम्पन्न



स्थानीय खबर संवाददाता । काठमाडौं जिल्ला समन्वय समितिले पहिलो बैठक सम्पन्न गरेको छ । समितिको कार्यकक्षमा काठमाडौका ११ नगरपालिकाका मेयर र उपमेयरको उपस्थितिमा बैठक सम्पन्न गरेको हो ।

बैठकले ६ देखि ९ जनाको जिल्ला समन्वय सभा गठन गर्ने काठमाडौंका स्थानीय विकास अधिकारी गोपाल अधिकारीले बताए । जिल्ला सभा गठनसम्बन्धि संवैधानिक व्यवस्थाअनुसार सभाले प्रमुख र उपप्रमुख १/१ जना, महिला सदस्य कम्तिमा ३ जना र दलित वा अल्पसंख्यक मध्येबाट एकजना सदस्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

जिल्ला सभामा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । काठमाडौंमा भने गाउँपालिका छैनन् । निर्वाचन आयोगले मंगलबार सबै जिल्ला समन्वय समितिलाई तीन दिनभित्र बैठक राख्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००