१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुइ सय २६ स्थानीय तहको मतगणना सुरु



काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ मध्ये २२६ स्थानीय तहको मतगणना सुरु भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० मा प्राप्त विवरण अनुसार हालसम्म प्रदेश नं १ का ८०, प्रदेश नं। ५ का ८७ र प्रदेश नं ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अब १०८ स्थानीय तहको मतगणना सुरु हुन बाँकी छ । उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको थाहा भएको छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००