२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमको जिल्लामा माओवादीको सुरुआती जित



डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रले सुरुआतीमै जित हासिल गरेको छ ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गरेका हुन् । खड्काले ५४८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका छन् ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताए ।

अमरगढी–११मा एमालेको जित

एघार वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नं वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००