६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जमिन बाँझो राख्न नपाइने निर्णय



बेंसीसहर (लमजुङ) । उत्तरी लमजुङमा रहेको मरस्याङ्दी गाउँपालिकाको बुधबार बसेको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवर्द्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भूउपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवा र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउनका निम्ति कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।

बैठकबाट एक गाउँ एक ल्यान्ड फिल साइट निर्माण, पञ्चवर्षीय गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ– राजनीतिज्ञ– परामर्शदातासंगको अन्तरक्रिया, पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने लगायत १७ बुँदे निर्णय गरिएको छ ।

वडापिच्छे हेलिप्याड

बेँसीसहर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले प्रत्येक वडामा हेलिप्याड बनाउने निर्णय गरेको छ ।

निर्वाचित भएको करिब डेढ महिनापछि बसेको पहिलो बैठकले पञ्चवर्षीय रणनीतिक गुरुयोजना निर्माण गर्ने लगायत २५ बुँदे निर्णय गरेको नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए । बैठकले नगरपालिकाभित्रका सडक सञ्चालन, फोहरमैला ब्यवस्थापन, सरसफाइ, हरियाली निर्माण, उज्यालो सडक क्षेत्र बनाउनेदेखि बालश्रम मुक्त गर्नेसम्मका निर्णय गरेको छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००