१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थगित मतदान पुनः सुरु



रोल्पा । मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ ।

सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिए ।

एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ ।

यसैबीच घटनास्थलतर्फ जान भनी सदरमुकामबाट हिँडेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीको टोली बाटामा गएको पहिराका कारण सदरमुकाम तर्फ फिर्ता भएको छ ।

यसैगरी थवाङमा समेत शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताले नेपाली कांग्रेससंग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थवाङीहरु निर्वाचनमा सहभागी भएसंगै त्यहाँको सुरक्षा अवस्था सहज भएको छ । जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ ।

१०३ वर्षीयाबाट मतदान

रोल्पा नगरपालिका–८ मा रहेको मतदान केन्द्रबाट १०३ वर्षीय गङ्जबहादुर ओलीले मतदान गरेका छन् । ओलीले सो मतदान केन्द्रमा आफन्तको सहयोगमा पहिलो मत खसालेका थिए ।

मतदानपछि प्रतिक्रिया दिँदै ओलीले भने गाउँघरको विकास गर्ने आशाले मतदान गरी आफ्नो सपना पूरा भएको देख्न चाहेको बताए । “राम्रो उम्मेदवार हेरेर मतदान गरेको छु,” ओलीले भने ।

जिल्लामा हालसम्म करिब ६० प्रतिशत मतदान भइसकेको बताइएको छ । यहाँ १५४ मतदान केन्द्र र ८० मतदानस्थल छन् । जिल्लामा पुरुष मतदाता ५६ हजार ७८६ र महिला मतदाता ६० हजार ४७५ छन् । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००