१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदान गर्ने क्रममा ज्येष्ठ नागरिकको मृत्यु



बनियानी (झापा) । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि गएका थिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ ।

मतदानमा लाइन लागेकै अवस्थामा वृद्धको निधन

त्यस्तै पाल्पाकाे बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा निधन भएको छ । दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००