५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ मा सुरक्षा व्यवस्था सबल



विराटनगर । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं १ मा सुरक्षा व्यवस्था सबल रहेको छ ।

प्रदेश नं का १४ जिल्लामा निर्वाचनको सम्पूण तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले जानकारी दिए । स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउनका लागि सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको उनले बताए ।

क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रहरी उपरीक्षक विद्यानन्द माझीले प्रदेश नं १ का सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको र शान्ति सुरक्षालाई ध्यानमा राखि प्रहरीको मोबाइल गस्ती परिचालन गरिएको बताए ।

क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले मोरङ लगायत प्रदेश नं १ का सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका पुगिसकेको र मंगलबार पनि मतदाता परिचयपत्र वितरण कार्य जारी रहको बताए । रासस

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार ००:००