१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका तीन कार्यकर्ता कारबाहीमा



रामपुर (पाल्पा), १३ असार । नेपाली कांग्रेस पाल्पाले आफ्ना तीनजना सक्रिय सदस्यता लिएका कार्यकर्तालाई कारबाही गरेको छ ।

कांग्रेस सचिव झपेन्द्र गहिरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

उनीहरुले पार्टीको नीति र निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको कांग्रेसले जनाएको छ । प्रधानले तानसेनको वडा नं २, कर्माचार्यले वडा नं ४ र न्यौपानेले पोखराथोकबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । रासस

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार ००:००