१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदरमुकाम सुनसान, स्थानीय मतदान गर्न आतुर



ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति नजिकिएसंगै ताप्लेजुङ सदरमुकाम सुनसान बन्दै गएको छ ।

विभिन्न पेसा व्यवसाय गरी सदरमुकाम बस्दै आएकाहरु मतदान गर्न आ–आफ्नै गाउँ फर्किएपछि सदरमुकाम सुनसान बन्दै गएको हो । मौनअवधि सुरु हुनु पुर्व चियापसलदेखि ठूलठूला होटलसम्म दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो भने अहिले सदरमुकामवासी मात्र फाट्टफुट्ट देखिन्छन् । मौनअवधिमा भोट माग्न तथा चुनावी प्रचार गर्न नपाइने भएकाले पनि स्थानीय नेता कार्यकर्ता बाहिर निस्किएका छैनन् ।

सदरमुकामका कतिपय पसल बन्द देखिएका छन् भने खुलेका पसलमा पनि किनमेल हुन छाडेको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका सबै निर्वाचन केन्द्र तथा मतदानस्थलमा मतदान अधिकृतसहितका कर्मचारी पुगेका छन् भने मतदातालाई परिचयपत्र बाँड्नेदेखि लिएर अरु तयारी तीव्ररुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानको ब्यग्र प्रतिक्षामा रहेका स्थानीयवासी पनि मतदानमा भाग लिन आतुर देखिएका छन् । असारे चटारो भएपनि मतदानमा भाग लिन स्थानीय आतुर देखिएका हुन् । जिल्ला बाहिर रहेका मतदाता पनि आफ्ना काम धन्दा छाडेर मतदानका लागि जिल्ला भित्रने क्रम बढ्दो छ । सिक्किम, दार्जिलिङ, तराईका जिल्ला र राजधानीमा बसोबास गर्दै आएका आफ्नै गाउँघरमा मतदानका लागि फर्किएका छन् । रासस

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार ००:००