३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर सीमा नाका बन्द



विराटनगर । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने प्रजिअ यज्ञराज कोइरालाले जानकारी दिए ।

शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने सहमति भएको प्रजिअ कोइरालाले उल्लेख गरे । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००