२७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस महासंघकी निवर्तमान अध्यक्ष महिन लिम्बुको निधन



गाउँ विकास समिति राष्ट्रिय महासंघीय निवर्तमान अध्यक्ष महिन लिम्बुको निधन भएको छ । महासंघका वर्तमान अध्यक्ष घनश्याम खतिवडाका अनुसार धरानको वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार निधन भएको हो ।

लिम्बु सँस्कारअनुसार धनकुटामा दहसँस्कार गरिने जानकारी खतिवडाले दिए । २०१७ सालमा जन्मिएकी महिन लिम्बु क्यान्सर रोगबाट पिडित थिइन् ।

धनकुटाको तात्कालिन बुढीमोरङ गाविसमा २०४९ को स्थानीय निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी लिम्बु २०५४ मा सोही गाविसको अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

२०५५ सालदेखि २०७१ सम्म महासंघको अध्यक्ष भएकी लिम्बु अहिलेको व्यवस्थापिका संसदको सदस्य पनि हुन् ।

नेकपा (एमाले) बाट दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् भएपछि दोहोरो भुमिका हुने भन्दै उनले महासंघको अध्यक्षबाट राजिनामा दिएकी थिइन् । स्थानीय तहको अधिकारका लागी पैरवी गर्दै आएकी लिम्बु ०६२/६३ को दोस्रो जनआन्दोलन पछिदेखि निरन्तर स्थानीय निर्वाचन हुनुपर्ने माग राख्दै आएका नेतृ हुन् ।

प्रकाशित मिति : ११ असार २०७४, आइतबार ००:००