१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति



बैतडी । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ ।

दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर भारतको पिथौरागढ जिल्लाका डिएम, दार्चुला र बैतडीका प्रजिअ र सुरक्षा निकायका प्रमुखको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको हो ।

सोअनुसार यही असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने छ । सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराध न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी सिकारलगायत अपराधको न्यूनीकरणका विषयमा दुवै देशका सुरक्षा अधिकारी चनाखो रहने सहमति भएको उनले बताए । यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ । रासस

प्रकाशित मिति : १० असार २०७४, शनिबार ००:००