दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताउनुभएको छ । कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले भने, “हामीसँग क्षमता छ, योजना छ । एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ ।”
उनले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । गौरादहमा आज नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओेलीले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गरे । रासस
प्रतिक्रिया