१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाेस्राे चरणकाे निर्वाचनमा एक वडाध्यक्षसहित ३८ निर्विरोध



काठमाडौँ, ८ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

निर्विरोध निर्वाचित जनप्रतिनिधीहरू १५ जिल्लाका हुन् । निर्विरोध हुनेमा नेपाली कांग्रेस र एमालेका १४–१४ र माओवादी केन्द्रका १० जना छन् । दोस्रो चरण निर्वाचनमा निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका वडा नं ५ का धनञ्जय बोहोरा छन् । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।

दोस्रो चरणको निर्वाचनका लागि ४ हजार ५८१ मतदानस्थल र ८ हजार ३६४ मतदान केन्द्र व्यवस्था गरिएको छ । आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटाउने छन् । आयोगले ६ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिएको छ । रासस

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार ००:००