१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख पदमा महिलाको उम्मेदवारी शून्य



बैतडी । बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो । स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएसँगै राजनीतिक दल भित्रका केही महिला नेत्रीले प्रमुख पदमा दाबी गरे पनि कुनै पार्टीले पनि महिलालाई प्रमुख पद दिन आँट गरेनन् ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार ४ नगरपालिका र ६ गाउँपालिकामा प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छैन । पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिनमा राजनीतिक दलले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले आरोप लगाईन् । महिलाको क्षमतामाथी प्रश्न उठाएर नेतृत्व दिन दलहरू तया नभएको भट्टको जिकीर छ ।

प्रमुख पदमा एकजना महिलाको पनि उम्मेदवारी नपर्नु दुःखद भएको कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयर पदका उम्मेदवार सरस्वती कोलीले गुनासो गरिन् । पुरुषभन्दा महिला मतदाता बढी भएको बैतडीमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपर्नु महिलालाई अझै कमजोर बनाउने खेल भएको नेपाल महिला सङ्घकी देवु ठगुन्नाले बताइन् । रासस

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार ००:००