१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्



चितवन । पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भरतपुर महानगरपालिकाको मतगणना हुन नसक्दा निर्वाचित जनप्रतिनिधि अन्योलमा परेका छन् ।

महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ । पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हुन बाँकी छ । अदालतले रिटमाथिको सुनुवाइका लागि असार ६ गते समय तोकेको छ ।

१९ नं. वडाको विषय अदालतमा विचाराधीन छ भने वडा नम्बर २० को गणना गर्न बाँकी छ । अरू सबै वडाको मतगणना सकिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । निर्वाचित भएसँगै उत्साहपूर्वक काम गर्ने अवसर नपाउँदा अन्योल भएको भरतपुर महानगरपालिका–८ का वडाअध्यक्ष दामोदर न्यौपाने बताउँछन् ।

“जनताले जनप्रतिनिधि आयो भन्छन् आफूले शपथ पनि खाएको छैन, अन्योलमै बित्यो,” न्यौपानेले भने, “उत्साह नै मर्लाजस्तो भयो । विजय ¥यालीसँगै काम गर्न पाएको भए उत्साह थपिन्थ्यो” । त्यस्तै पीडा वडा नम्बर १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वाको छ । “ओइलिए पछि काम गर्नुपर्ने होलाजस्तो छ,” कन्दङ्वाले भने । आर्थिक वर्षको मसान्तमा सम्पन्न हुन नसकेका कामको पुनः मूल्याङ्कन गरेर छिटोछरितो काम गर्न लगाउने अवसर जनप्रतिनिधिले नपाएको गुनासो कन्दङवाको छ ।

विजयसँगै शपथ लिन पाएको भए यतिबेला महानगरका जनप्रतिनिधिले आर्थिक वर्षको अन्ततिर विकास निर्माणको अनुगमन गर्दै गरेका हुन्थे । महानगर–२४ का वडा अध्यक्षमा निर्वाचित विजय भुजेल पहिले पनि जनताको सेवामा समर्पित नै भएको र अहिले पनि बाहिर रहेर विगतमा झैँ काम गरिरहेको बताउँछन् ।

शपथ खाई नसकेकाले अधिकार प्रयोग गरेर जनताको सेवामा लाग्न भने नपाएको उनले बताए । जेठ १५ गतेसम्ममा जनप्रतिनिधि आउने महानगरबासीको अपेक्षा थियो । यससँगै असार महिनामा आउँदो वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउने तयारी थियो ।

भरतपुर महानगरपालिकाको एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली योजनाको बारेमा छलफल गर्नुपर्ने समयमा मतगणना कहिले हुन्छ भनेर कुर्नुप रेको बताउँछन् ।

“जुन उत्साह बोकेर जनप्रतिनिधि आएका छन्, अन्योल बनाएको छ,” ज्ञवालीले भने,” ज्ञवालीले भने “असार महिनामा आउँदो वर्षका लागि सबै काम गर्नुपर्ने बेला अनिर्णयको बन्दी हुनुपरेको छ ।” माओवादी केन्द्रका मेयर उम्मेद्वार रेणु दाहाल पनि जे हुने हो छिटो हुनुपर्ने बताउँछिन् ।

कार्यकारी अधिकृत प्रेमराज जोशी महानगरमा थपिएका अधिकार र बजेटको उपयोगका लागि पनि जनप्रतिनिधि अपरिहार्य भएको बताउनुहुन्छ । शिक्षा, कृषि, पशु, महिलालगायतका कार्यालयका बजेटसमेत महानगरमा आउँदै छ । महानगरमा रु एक अर्ब ३३ करोड निकासा भइआउने बजेटमा उल्लेख भइसकेको र त्यसको तयारीका लागि पनि जनप्रतिनिधिको पदबहाली छिटो हुनुपर्ने बताउनुहुन्छ ।

असार महिनामा नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी भए पनि काम गर्न ढिलाइ हुने देखिएको जोशीले बताए । तत्कालीन भरतपुर उपमहानगरपालिकाको परिषद् पछि दुई नगरपालिका र एउटा गाउँ विकास समिति मिसाएर भरतपुर महानगरपालिका बनाइएको हो । रासस

प्रकाशित मिति : ४ असार २०७४, आइतबार ००:००