९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानलाई असजिलो हुनेगरी निर्वाचनः रावल



कञ्चनपुर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले स्थानीय तहको निर्वाचन किसानलाई असजिलो हुनेगरी गर्न लागिएको बताएका छन् ।

आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले किसानले रोपाइँ गर्ने बेला मतदान गर्नुपर्ने भएकाले किसानको अहित हुने गरि सरकारले चुनाव गर्न लागेको बताए ।

विभिन्न बहानामा निर्वाचनको मिति सार्दै जानु जनताको अहितमा रहेको बताए । स्वतन्त्र र भयरिहत वातावरण्मा चुनाव गराउनुपर्ने भएपनि विभिन्न बहाना गरी सरकारले चुनाव सार्दै लगेको उनले बताए ।

ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता र छात्रवृत्ति दिने काम एमालेले गरेको उनको दाबी थियो ।

कैलाली कञ्चनपुरका भूमिहीनका लागि उच्चस्तरीय सुकुम्बासी आयोग गठन गरी काम अगाडि बढाउन खोज्दा विपक्षी राजनीतिक पार्टीले गर्न अबरोध गरेको उनले आरोप लगाए ।

प्रत्येक निर्वाचन क्षेत्रमा सहकारी, साना उद्योग खोल्ने काम र सिँचाइको व्यवस्था गरी समृद्ध देश बनाउने कार्य अगाडि बढाउन एमालेको भूमिका रहेको उनको दाबी थियो । भारतसँग भएको सन् १९५० को सन्धिलाई बदल्न खोज्दा विपक्षीको अबरोधले काम अघि बढ्न नसकेको बताए ।

चितवनको भरतपुरमा मतगणना भइरहेका बेला पूर्वप्रधानमन्त्रीको छोरीले चुनाव हार्न लाग्दा मतपत्र च्यात्न लगाएको अाराेप लागाउँदै उनले भने , “मतपत्रको कागज च्यातेको होइन, कानुन च्यातेको हो, मतदाताको मन च्यातेको हो ।”  रासस

प्रकाशित मिति : ३ असार २०७४, शनिबार ००:००