१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘‘अब गाउँगाउँमा विकासको लहर’



दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा विकासको लहर आउने बताएका छन् ।

आवुखैरेनी गाउँपालिकाद्वारा आज आयोजित पहिलो चरणको स्थानीय तहबाट निर्वाचीत पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले गाउँ नगरलाई अधिकार सम्पन्न गराउन स्थानीय तहको निर्वाचन गरिएको बताए । सिंहदवारको अधिकार गाउँमा आएको उनको भनाइ थियो ।

जनप्रतिनिधिलाई विकासका काममा सबैसँग हातेमालो गरेर अगाडि बढ्न नेता पौडेलले आग्रह गरे । यसैबीच आजै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नेता पौडेलले दमौलीमा आयोजित कार्यक्रममा सम्मान गरेका छन् । रासस

प्रकाशित मिति : ३ असार २०७४, शनिबार ००:००