७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छः बिजुक्छें



नगरकोट, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारको सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन अवधिसम्म आयोगको सल्लाहमा सरकार चल्नुपर्ने बताए ।

सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको उनको आरोप थियो । “सरकार राष्ट्रिय जनता पार्टीको मागअनुसार संविधान संशोधन होइन ऐन संशोधनको तयारीमा रहेको छ, राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ,” उनले भने। रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार ००:००