१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक समृद्धि र विकासमा जाेड दिन मुख्य सचिवको आग्रह



पोखरा । नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले नवनिर्वाचित जनप्रतिनिधीलाई स्थानीय तहको आर्थिक समृद्धि र विकासमा जुट्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रदेश नं ४ बाट नर्वाचित प्रमुख, उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागी आजदेखि पोखरामा सुरू गरिएको अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै उनले अब भाषण गरेर भन्दा पनि नतिजा देखिने गरि काम गर्नुपर्ने बताए ।

“अब परम्परागत ढंगले भन्दा पनि फरक ढङ्गले सोच्नुपर्ने बेला आएको छ,” उनले भने, “नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गर्ने बेला आएको छ ।”

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै देशले भोग्दै आएको सङ्क्रमणकाल पनि अन्त्य हुनेमा आफू विश्वस्त रहेको उनले दाबी गरे ।

स्थानीय तहमा उपलब्ध सीमित स्रोतसाधनको परिचालनबाट जनतालाई धेरै फाइदा दिने खालका विकास योजना अगाडि बढाउन आग्रह गरे ।

महालेखापरीक्षक टङ्कमणि शर्माले निर्वाचित जनप्रतिनिधिले सुशासनको अनुभुति हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा यस प्रदेश अन्तर्गतका एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १७० जनाको सहभागी छन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई चार समूहमा विभाजन गरी प्रशिक्षण दिइरहेको मन्त्रालयका उपसचिव गुरुप्रसाद सुवेदीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००