१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन



कैलाली । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले कैलाली जिल्लाका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ । कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्र कैलालीले जनाएको छ ।

माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा रामसमझ राना, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरी, जोशीपुर नगरपालिकाको अध्यक्षमा भक्त थारु, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा फुलराम थारुलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै जिल्लाको १३ वटा स्थानीय तहमध्ये ११ वटाको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने भएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००