९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम



काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ ।

न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मङ्गलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही आजसम्मका लागि आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

आयोगले यही जेठ २० गते सो वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षी आयोगलाई समेत छलफलमा बोलाएको थियो ।

सो वडाका खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै यही जेठ २१ गते रिट निवेदन दायर गरेका थिए ।

निवेदनमा ९० मतलाई बदर मतको सूचीमा राखी गणना कार्य गर्न/गराउन र पुनःमतदान गर्ने निर्णय बदर गर्न/गराउन माग गरिएको छ । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आइतबार ००:००