Logo

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी



पोखरा । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी भएका छन् । तेत्तीस वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए ।

गत वैशाख ३१ गते भएको निर्वाचनमा एमालेको पक्षमा ११९ र नेपाली कांग्रेसको पक्षमा ४८ मत रहेको देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्