१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा चुनावी रौनक बढ्दै



दाङ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको दाङमा दोस्रो चरण अन्तर्गत स्थानीयतहको निर्वाचनका लागि चुनावी रौनकता बढ्दै गएको छ ।

प्रमुख दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । दाङको तुलसीपुर, घोराही, लमही र गाउँपालिकामा आ–आफ्नो पक्षमा मत माग्न दलहरु मतदाता घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र पारिएका छन् ।

उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख एमं उपप्रमुख पदमा उम्मेदवारको टुङ्गो नलगाएपनि नेपाली कांग्रेसले प्रचारप्रसार अभियानलाई तिव्र पारेको छ । नेकपा एमालेले घोराही उपमहानगरपालिकाका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै माओवादी केन्द्रले घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेसुराम भण्डारी र उपप्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लगाए, नलगाए पनि प्रमुख दलहरुले अहिले गाउँगाउँमा चुनावी सभाको आयोजना गर्दै घरदैलो कार्यक्रममा व्यस्त भएको देखिन्छ । लामो समयसम्म हुन नसकेको स्थानीय तहको चुनाव हुन लागेकोमा सर्वसाधारण जनता उत्साहित भएका छन् । विभिन्न दलका चुनावी गीतले बजार गुञ्जिरहेका छन् भने प्रत्येक राजनीतिक दलका घरघरमा पार्टीका झन्डा फराइरहेका छन् । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००