९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरी कांग्रेसभित्र विवाद



इटहरी । आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली कंग्रेस भित्र विवाद बढेको छ ।

नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको विरोधमा आक्रोशित कांग्रेसका नेता तथा कार्यकर्ताले शुक्रबार बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् ।

पार्टीबाट रोहित प्रसार्इंलाई इटहरी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनाउने कांग्रेसका केन्द्रीय नेताले हिजो गरेको निर्णय यस क्षेत्रका कांग्रेसजनहरुका लागि चित्त बुझ्दो नभएकाले यो निर्णयलाई तत्काल सच्याउन उनीहरुले दबाबस्वरुप पार्टीको नगर कार्यालयमा ताला लगाएर नाराबाजी गर्दै आएका हुन् । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००