३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वादी समुदायबाट पहिलो महिला उम्मेदवार



कैलाली । गोदावरी नगरपालिका ८ स्याउलेबाट सुदूरपश्चिमको पिछडिएको जाति भनेर चिनिने वादी समुदायकी चन्द्राकुमारी वादी उपप्रमुखमा पहिलो महिला उम्मेदवार बनेकी छन् । सङ्घीय समाजवादी फोरम, नेपालले २८ वर्षीय वादीलाई गोदावरी नगरपालिका ८ बाट उपप्रमुखको उम्मेदवार बनाएको छ ।

सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर ट्रेड युनियन सङ्घको केन्द्रीय सदस्यसमेत रहेकी वादीले सुदूरपश्चिममै पिछडिएको वादी समुदायको अधिकारका लागि समय समयमा आवाज उठाएकाले पार्टीले आफू उपयुक्त उम्मेदवार ठानी छनौट गरेको जानकारी दिइन् ।

उनले असार १४ गतेको दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो हार जित जे भए पनि यस समुदायका तर्फबाट प्रमुखको उम्मेदवार हुन पाएकामा निकै नै हर्षित भएको बताएकी छन् । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००