१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदान केन्द्रको अनुगमन



खजुरा (बाँके) । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका विभिन्न मतदान केन्द्रको अनुगमन सुरु भएको छ । निर्वाचनमा भयरहित वातावरण, मतदाता शिक्षा, तथा आवश्यक तयारी लगायतका विषयमा नियमित अनुगमन गर्न लगिएको हो ।

प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको संयोजकत्वमा बिहीबार खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका मतदान केन्द्रको अनुगमन गरिएको छ । मतदान केन्द्र बर्सातले समेत असर नपर्ने गरी मतदान केन्द्र व्यवस्थित गर्ने पहल भइरहेको पन्थले बताए । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००