१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाका अध्यक्षकाे तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा



नुवाकोट । लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिका भित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताए । “दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,” अध्यक्ष श्रेष्ठले भने, “माध्यामिक तहसम्म पोसाक, स्टेसनरी, खाजा लगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।”

गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसङ्ख्या छ । यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उनले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गरेका थिए । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००