१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सुरु



धुलिखेल । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबारबाट सुरु भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा ३, ४ र ६ नं प्रदेश भित्रका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षको सहभागिता रहेको छ । सो कार्यक्रममा महानगर, उपमहानगर र नगरपालिकाबाट ४५ स्थानीय तह र गाउँपालिकाका ७४ स्थानीय तह गरी ११९ वटा स्थानीय तहका २३८ जना जनप्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नवनिर्वाचित जनप्रतिनिधिलाई ऐतिहासिक जिम्मेवारी आएको छ भन्दै आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे । “लामो समयदेखि रिक्त रहेको स्थानीय निकायमा नयाँ संरचनाअनुसार स्थानीय तह कायम भएर आएको छ, जसमा जनतालाई सुशासनको प्रत्याभूति हुने काम गर्न सबै तह मिलेर लाग्न आवश्यक छ,” उपप्रधानमन्त्री गच्छदारले भने ।

कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा ९दङ्गाल०ले आफू रहेको मन्त्रालयबाट राष्ट्रपति कार्यालयदेखि तल गाउँपालिकासम्मको लेखापरीक्षण गर्नुपर्ने भएकाले ती सबै स्थानीय तहका कार्यालयले चुस्तदुरुस्त रुपमा कार्य गर्न जनप्रतिनिधिसँग आग्रह गरे ।

मुख्य सचिव डा सोमलाल सुवेदीले अबको समाज रुपान्तरित हुने अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा राजनीतिक दल पनि रुपान्तरित हुँदै गएको बताए । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तह कसरी चलाउने, के गर्ने भन्ने विषयमा प्रतिबद्धतापत्र तयार गर्दै धुलिखेल घोषणा–पत्रसमेत जारी गरिने बताए । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार ००:००