१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत



काठमाडौँ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक दलले संविधानको कार्यान्वयनलाई प्राथमिता दिन आवश्यक रहेकामा जोड दिए ।

उनले निर्वाचन प्रक्रियालाई अझ स्वतन्त्र, भयरहित र शान्तिपूर्ण बनाउन स्थानीय तह निर्वाचन पहिलो संशोधन आवश्यक रहेको चर्चा गर्दै संशोधनको लामो सूची नरहेको जानकारी दिए ।

सो विधेयक प्रस्तुत नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकार गरेको थियो । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००