१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैघरका दाजुभाइ वडाध्यक्षका उम्मेदवार



गुल्मी (तम्घास) । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका– ४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन् ।

उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली कांग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमाले को तर्फबाट उम्मेदवार बनेका हुन् । एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार बनाएपछि उनीहरुका आफन्त पनि दुईमध्ये कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

दुई भाइमध्ये दाजु यमबहादुर कांग्रेस बडागाउँको पार्टी सभापति हुन् भने भाइ ओमबहादुर एमाले बडागाउँ गाउँ कमिटी उपाध्यक्ष हुन् ।

यसरी दुई भाइ एकै ठाउँबाट फरकफरक पार्टीबाट उम्मेदवार बनेपछि स्थानीय कसले बाजी मार्ला भनेर निकै चासोका साथ हेरिरहेको छ । यी दुई दाजुभाइ गत दश वर्षअघि नेपाली सेनाबाट अवकाश पाएर फर्केपछि राजनीतिमा प्रवेश गरेका हुन् । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००