१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा



भोजपुर । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापना लगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए ।

मतपत्र, मतपेटिका प्रचारप्रसार लगायतका सामग्री जिल्ला आइसकेकाले त्यसको काम समेत तीव्ररुपमा भइरहेको उनले बताए ।

निर्वाचन अधिकारी रेग्मीका अनुसार वर्षात् सुरु भएकाले मतदान केन्द्रसम्म निर्वाचन सामग्री पठाउन केही समस्या रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भोजपुरमा १३ दल दर्ता भएको कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा एक लाख पाँच हजार ५५४ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००