१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन प्रमुख र सात उपप्रमुखमा भिड्दै रोल्पाली महिला



रोल्पा । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रमुख पदमा प्रतिस्पर्धा गर्नेहरुमा रोल्पा नगरपालिकाबाट नेकपा एमालेकी मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी निर्मला राना छन् ।

जिल्लाका अन्य सात स्थानीय तहमा भने पुरुषको मात्र एकल प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका दशवटा स्थानीय तहमध्ये उपप्रमुख पदाका लागि रोल्पा नगरपालिकाबाट नेपाली कांग्रेसले मिश्री हमाललाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले मनकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ । यसैगरी, राष्ट्रिय जनमोर्चाले विन्दाकुमारी शर्मालाई र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले लालकुमारी खड्कालाई उम्मेदवार वनाउने भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट भीमकली बुढाथोकी एमालेबाट नमकली बानिया, माओवादीबाट मखना घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट शान्ति पुन र एकीकृत राप्रपा राष्ट्रवादीबाट सीता घर्तीको नाम सार्वजनिक गरेको छ ।

सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट कविता उपाध्याय एमालेबाट रीता विष्ट क्षेत्रीलाई र माओवादीले बागमती थापालाई अघि सारेको छ ।

सुनछहरी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले सरु पुनलाई, एमालेले कर्मा रोकामगरलाई माओवादीबाट पवित्रा घर्तीमगरलाई चयन गरेको छ । दुईखोली गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट लक्ष्मी डाँगी एमालेबाट कमला रोका र माओवादीबाट हितकुमारी बुढालाई अघि सारेको छ

पितृसत्तात्मक सोचका कारण स्थानीय तह निर्वाचनको प्रमुख पदमा महिलालाई अवसर निकै कम दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आचार्यले बताइन् । महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने सोचकै कारण महिलालाई उपप्रमुखमा उठाइएको उनले बताइन् । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००