३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन विरोधी दुई व्यक्ति पकाउ



भोजपुर, निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका– ४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरुले पौवादुङ्मा गाउँपालिका– ४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा बोर्ड लेखेपछि पक्राउ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, आफ्ना कार्यकर्ता पकाउ परेपछि नेपाल कम्युनिस्ट पार्टीले बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति निकालेको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००